कृष्ण शर्मा,
मंसिर १९ सुर्खेत। कर्णाली प्रदेशको स्थानिय तहमा कार्यरत अस्थाई तथा करार सेवाका कर्मचरीहरुले बिशेष पाठ्यक्रम र सिमित प्रतियोगिता द्धारा स्थाई पद पुर्ति गर्न सरकार समक्ष गरेका माग छन ।
स्थानिय तहमा कार्यरत अस्थाई तथा करार सेवाका कर्मचरीहरुको संयुक्त माग कार्यानवयन तथा परिचालन प्रादेशिक संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी उक्तमाग सार्वजनिक गरेको हो ।
कर्णाली प्रदेश रकार द्धारा जारी स्थानिय सेवा गठन तथा ब्यवस्थापन गर्न बनेको विधेक २०८१ को दफा २० को उपदफा ५ मा उल्लेखित ब्यवस्था हरु संकुचित रहेको भन्दै पुर्नविचार गर्न माग गरिएको छ ।
प्रादेशिक संघर्ष समिति द्धरा सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संघर्ष समितिका अध्यक्ष नरजंग शाहिले संघि सरकारले विभिन्न समयमा नेपाल विविध सेवा अन्तर्गत रहेका महिला विकासका कर्मचारी , अस्थाई शिक्षकहरु र विश्वविद्यालय तथा प्रतिष्ठानका कर्मचरी समेत लाई आन्तरीक रुपमा स्थाई गरीएको नजिरहरु लाई यस पटक स्थानिय तहमा पनि लागु गर्न आफु हरुको माग रहेको बताए ।
अध्यक्ष शाहिले माग सम्बोधन नभए आफुहरु थप संघर्षका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी समेत दिए ।