किशाेर किशाेरी स्वास्थ्यमा लगानी बढाउन आग्रह

जागरण संवाददाता

सुर्खेत, २१ मंसिर ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले किशाेर किशाेरी प्रजनन स्वास्थ्यका क्षेत्रमा लगाउनी बढाउन स्थानीय सरकारहरूलाई आग्रर गर्नुभएकाे छ ।
यू एस एड रिप्रडक्टिभ हेल्थ (एआरएच) परियाेजनाकाे जिल्ला स्तरीय समिक्षा बैठकलाई आज वीरेन्द्रनगरमा सम्बाेधन गर्नुहुँदै जिसस प्रमुख सुनारले किशाेरावस्थामा देखिने प्रजनन स्वास्थ्य समस्या न्यूनीकरण गर्न आवश्यक नीति कार्यक्रम बनाउन आग्रह गर्नुभएकाे हाे । किशाेराअवस्थामा हुने बाल विवाहले गर्दा नकरात्मक असर परिरहेकाे भन्दै स्थानीय तहहरूले स्वस्थ, सक्षम र याेग्य नागरिक तयार गर्न किशाेर किशाेरीमा लगानी गर्न आवश्यक रहेकाे उहाँले जिकिर गर्नुभयाे । भाैतिक विकाससँगै मानविय विकासका लागि प्रदेश र स्थमनीय सरकारले उचित ध्यान दिनुपर्ने उहाँकाे भनाई थियाे । एआरएच परियाेजना लागुभएका सुर्खेतका विभिन्न पालिकामा सकरात्मक परिवर्तन देखिएकाे भन्दै उहाँले परियाेजनाका सिकाइलाई पालिकाले अन्य ठाउँमा पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे ।
एआरएच परियाेजनाले सुर्खेत र सल्यानका विभिन्न पालिकामा किशाेर किशाेरी प्रजनन स्वास्थ्य सम्बन्धी व्यवहार परिवर्तनका लागि काम गर्दै आएकाे छ । परियाेजना कार्यान्वयन भएकाे ठाउँमा किशाेर किशाेरीहरूकाे सचेतना अभिबृध्दि भइ व्यवहार परिवर्तन भएकाे पालिका प्रमुखहरूले उल्लेख गरे । गुुर्भाकाेेट नगरपालिका सुर्खेतका प्रमुख हस्त पुनले परियाेना कार्यन्वयन भएपछि किशाेर किशाेरीहरूले प्रजनन स्वास्थ्य सम्बन्धी खुलेर कुरा गर्न थालेकाे बताउनुभयाे । उहाँले स्वास्थ्यकर्मीकाे क्षमता अभिबृद्धि हुनुका साथै स्वाथ्यसंस्थाकाे संस्थागत विकासमा पनि सहयाेग पुगेकाे बताउनुभयाे ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी नर्सिङ अधिकृत दिपा भट्टराईले कर्णाली प्रदेशका किशाेर किशाेरीमा प्रजनन स्वास्थ्य र परिवार याेजना बारे न्यून जानकारी रहेकाे बताउनुभयाे। जसले गर्दा किशाेरावस्थामा हुने बिवाहसँगै गर्भवती हुने दर पनि उच्च रहेकाे उहाँले बताउनुभयाे । किशाेरावस्थामा बच्चा जन्माउँने आमाहरूमा मातृ मृत्युदर पनि बढी रहेकाे भट्टराईले बताउनुभयाे ।
बैठकमा सहभागी किशाेर किशाेरीहरूले एआरएच परियाेजनाबाट आफूहरूले प्रजनन स्वास्थ्य बारे जानकारी पाउनुका साथै व्यक्ति विकासमा पनि टेवा पुगेकाे बताएका थिए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गाैतमले किशाेर किशाेरीकाे स्वास्थ्य सुदृढ गर्नु सरकारकाे दायित्व भएकाले साझेदार संस्थाहरूसंगकाे सहकार्य र आफैले पनि यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभयाे । एआरएच परियाेजना सुर्खेतमा समाज जागरण केन्द्र स्याक नेपालले सञ्चालन गरिरहेकाे छ ।