एनपीएलमा लुम्बिनी र सुदुर पश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

मंसिर २२, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लाइन्स र सुदुर पश्चिम रोयल्ससँग खेल्दैछ ।
आजै दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दै छन् । यसअघि हिजो भएका खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको थियो ।
यस्तै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । गाउस र दिनेशले पहिलो विकेटमा १ सय ७६ रनको साझेदारीपछि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित ग¥यो ।