मंसिर २३, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लाइन्स र जनकपुर बोल्टस सँग खेल्दैछ । आजै दोस्रो खेलमा दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् । यसअघि हिजो भएका खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स विजय एका छन् ।
यो जीतसँगै कर्णालीले चार खेलमा चार अङ्कसहित तालिकाको चौथो स्तानमा छ । कर्णालीसँग हार बेहोरेको विराटनगर समान खेल खेले पनि दुई अङ्कसहित तालिकाको पुछारबाट दोश्रोमा छ ।
यस्तै, लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ । तिन खेल खेल्दा तिनै खेलमा पराजित भएको लुम्बिनी खाता नै खोल्न नसकेर पुछारमा रहेको छ ।