बिहानदेखि हुम्लामा हिमपात

मंसिर २४, हुम्ला । सोमबार बिहानदेखि हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै जिल्लामा चिसो बढ्न थालेको छ। हिमपातले हुम्लाका कृषकहरूमा खुसी छाएको छ । जेठासी बाली सप्रिने भएपछि उनीहरूमा खुसी छाएको हो ।
जेठासी बाली, उवा, जौ, नाफल, राम्रो हुने भएको चंखेली गाउँपालिका–४ का जसबहादुर रोकायाले जानकारी दिनुभयो । यस वर्ष हुम्लामा मंसिर महिनाको अन्तिमबाट हिउँ पर्न थालेपछि यसपटक अन्नबाली राम्रो हुने रोकायाले बताउनुभयो ।
हिमपात भएसँगै हुम्ला जिल्लामा जहाज उडान रोकिएको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाँङ, तिललगायतका ठाउँमा लगभग एक फिट जति हिमपात भएको छ ।