सुर्खेतमा भ्रष्टाचार विरुद्ध ¥याली प्रदर्शन

कृष्ण शर्मा

मंसिर २४, सुर्खेत ।  सुर्खेतमा भ्रष्टाचार विरुद्ध वृहत ¥याली प्रदर्शन गरीएको छ ।

आज अन्तर्राष्टिय भ्रस्टाचार विरुद्दको दिवसका अवसरमा जवाफदेहिता र सुशासनलाई अभिवृद्धि र महिला तथा सिमान्तकृत समुहलाई सशक्तिकरण गर्ने उद्देश्यसहित सुर्खेतमा आज भ्रष्टाचार विरुद्धको वृहत याली प्रदर्शन गरीएको हो ।
नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) परियोजनाको सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटका साझेदारी र कानूनी तथा सामाजिक विकास केन्द्र एलएसडिसिको समन्वय र सहकार्यमा भ्रष्टाचार विरुद्धको वृहत याली प्रदर्शन गरीएको हो ।

वीरेन्द्रनगर सुर्खेतमा भ्रष्टाचार विरुद्धको वृहत र्याली मंगलगढी चोकबाट सुरुभई बजार परिक्रमा गरेर पिपल चौतारा पुगी कोणसभामा परिणत भएको थियो। उक्त कोणसभालाई कानुनी तथा सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश कुमार डाँगी ले संचालन गर्नु भएको थियो भने सो कार्यक्रमलाई स्थानीय युवा परिषद्का उपाध्यक्ष्य, जिल्ला र उच्च अदालत बार एसोसिएसनका प्रमुख तथा प्रतिनिधि एबम् अन्यले पनि सम्बोधन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा १५० बढी कानुन र अन्य संकायका विभिन्न विद्यालयका विद्यार्थीहरू, सुशासनलाई सुदृढ बनाउनका लागि सरोकार राख्ने विभिन्न संस्था र निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायत सुरक्षाकर्मी ,सञ्चारकर्मी र अन्य सर्वसाधारणको उपस्थितिमा भ्रष्टाचारको निर्मुलीकरणमा एक्यवद्धता जनाउँदै उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।