सुर्खेत, २४ मंसिर ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बाल पाेषण अनुदानकाे सही प्रयाेगका लागि अभिभावकहरूलाई सचेतीकरण गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ ।
सामाजिक बिकास मन्त्रालयले आज वीरेन्द्रनगरमा आयाेजना गरेकाे बाल पाेषण अनुदान तथा अभिभावक शिक्षा सम्न्धी प्रदेश स्तरीय संवाद कार्यक्रममा मन्त्री भण्डारीले पाेषण भत्ता सदुपयाेगका लागि अभिभावक शिक्षा महत्वपूर्ण हुने बताउनुभएकाे हाे । आगामी दिनमा आर्थिक रूपमा सम्पन्नहरूले पनि पाउदै आएकाे सामाजिक सुरक्षा भत्ता कटाैती गरी विपन्नलाई बृद्धि गर्नुपर्ने मन्त्री भण्डारीकाे भनाईछ ।
कर्णाली प्रदेश याेजना आयाेगका उपाध्यक्ष सुर्यनाथ याेगीले कर्णालीकाे पाेषण अवस्था सुधार गर्नका लागि विशेष याेजना बनाइने बताउनुभयाे । प्रदेश याेजना आयाेगले निर्माण गरिरहेकाे कर्णाली प्रदेश सरकारकाे दाेस्राे आवधिक याेजनामा पाेषणसम्बन्धी विशेष याेजना समेट्ने उहाँले बताउनुभयाे ।
नगरपालिका संघ कर्णाली प्रदेशका अध्यक्ष हस्त पुनले पाेषण भत्ताकाे सही सदुपयाेगसँगै स्थानीय पाेषणयुक्त खानेकुरा उत्पादनमा पनि जाेड दिनुपर्ने बताउनुभयाे । स्वास्थ्य, कृषि र पाेषणलाई एकीकृत रूपमा अगाडी बढाउनुपर्ने उहाँकाे भनाई छ ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसीले समग्र बालबालिका भन्दा र सहयाेगापेक्षी बालबालिकाहरूलाई पाेषण लगायत विशेष सहयाेग गर्नुपर्ने बताउनुभयाे ।
प्रदेश बाल अधिकार परिषद सदस्य डम्मर राेकायले बालबालिकाकाे समग्र बृद्धि विकासका लागि पाेषणमा लगानी आवश्यक रहेकाे बताउनुभयाे ।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्न ओझाले बाल बालिकाकाे विकासका लागि पाेषण महत्वपूर्ण हुने भन्दै पाेषण सुधारका लागि सेभ द चिल्ड्रेनले सरकारसँग मिलेर काम गररहेकाे बताउनुभयाे । आगामी दिनमा पनि बाल बालिकाकाे हितका कार्यक्रममा आफूहरू प्रतिवद्ध रहेकाे उहाँले जिकिर गर्नुभयाे । गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले कर्णालीमा पाेषणकाे अवस्था कम्जाेर रहेकाे भन्दै पाेषण सुधारका लागि सबैले हातेमालाे गर्न जरूरी रहेकाे बताउनुभयाे ।
सामाज जागरण केन्द्र (स्याक) नेपाल र किडार्क नेपालकाे संयाेजन रहेकाे उक्त संवाद कार्यक्रमकाे अध्यक्ष सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले गर्नुभएकाे थियाे ।