मंसिर २७, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्ससँग खेल्दैछ ।
आजै दोस्रो खेलमा दिउँसो १ बजे जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ ।
यसअघि हिजो भएका खेलमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो । यो जीतसँगै काठमाण्डौले ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिदा लुम्बिनीको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।
यस्तै, एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।