मुख्यमन्त्री कडेलको मन्त्री र सचिवलाई निर्देशन ; सुधारको नाममा काम रोक्ने प्रवृति अन्त्य होस

मंसिर २८, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सुधारको नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष ०८१÷०८२ को मन्त्रालयगत समिक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिदंै मुख्यमन्त्री कडेलले सुधारको नाममा हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य गर्दे उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्न मन्त्री र सचिवलाई निर्देशन दिनुभयो ।
बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नितिगत काम मन्त्री र सचिवको भएको बताउदै मुख्यमन्त्री कडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री कडेलको थियो ।
बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सवन्धमा विगतमा देखिएका कमीकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउदैं मुख्यमन्त्री कडेलले सुधार गर्ने नाममा गर्न सकिने कामलाई पनि रोक्ने गलत मनसाय नलिन निर्देशन दिनुभयो ।
नागरिकको तहबाट उठेका विभिन्न टिका टिप्पणीहरुलाई कानून सम्मत तरिकाले संवोधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत सुझाव दिनुभयो ।
चालू आर्थिकको चौमासिक समिक्षाको प्रगति सोचे अनुरुप हुन नसक्नुका कारणहरु खोजेर समाधानतिर लाग्न पनि मुख्यमन्त्री कडेलको जोड थियो । सावैभौम ससदले पारित गरेको बजेट निर्देशित सरकार होइन । प्रदेश सरकार निर्देशित सरकार नभएको मुख्यमन्त्री बताउँदै कडेलले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियम संगत ढंगले काम गर्न कसैको मुख नताक्न पनि सुझाव दिनुभयो ।
धेरै जसो पैसा विगतका योजनामा होल्ड भएको बताउदै मुख्यमन्त्री कडेलले लगानी भइसकेका योजनालाई अलपत्र छाडने नभई समयमै सम्पन्न गर्ने तर्फ लाग्न पनि निर्देशन भएको छ ।