जनकपुर र चितवनलाई बदला लिने मौका, दबाबमा सुदूरपश्चिम र कर्णाली

पुष २, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार क्वालिफायर र एलिमिनेटर खेलहरू हुँदैछन् । शीर्ष स्थानमा रहेका सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर खेल्दैछ भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्दैछ ।
एलिमिनेटरमा खेल्ने चितवन र कर्णालीमध्ये जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम उपाधि दौडबाट बाहिरिनेछ। यता, जनकपुर र सुदूरपश्चिमपश्चिममध्ये जित्ने टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्ने छ ।
चितवन र कर्णालीमध्ये को बलियो ?
एलिमिनेटरको खेलमा चितवन र कर्णाली याक्स भिड्नेछन् । यी दुई टिमको आँकडा लिग चरणको खेलमा हेर्ने हो भने चितवनले लिग चरणको ४ खेल जित्दा ३ खेल हारेको छ । चितवनले चार खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्लेअफ खेलेको हो । चितवनले लिग चरणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिमपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई पराजित गरेको हो । कर्णाली याक्स, लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग भने यो टिमले हार व्यहोरेको थियो ।
यसरी हेर्दा चितवनलाई एलिमिनेटरको खेल कर्णालीसँग लिगको बदला लिने राम्रो मौका पनि हुनेछ। लिगको खेलमा अन्तिम बलमा आएर ६ विकेटले पराजित भएको चितवनको लागि क्वालिफाइ गर्ने राम्रो मौका हुनेछ । समान ८ अंकका साथमा कर्णालीले पनि प्लेअफ खेल्दैछ। पहिलो खेलमा जनकपुरसँग हार व्यहोरेको कर्णालीले दोस्रो खेलमा काठमाडौंसँग पनि हा¥यो । त्यसपछि भने लगातार ४ जित निकालेको कर्णालीले चितवन, विराटनगर, पोखरा र लुम्बिनीलाई हरायो ।अन्तिम खेलमा भने सुदूरपश्चिमपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भयो ।
अंक तालिकामा राम्रो रनरेटका कारण चितवन कर्णालीभन्दा अघि छ । तर, लिग चरणको खेल सकिइसकेको छ । दुवै टिमले एलिमिनेटरमा जित्नकै लागि खेल्नेछन्। नेपालका पूर्व प्रशिक्षक उमेश पटवाल भर्सेस एक समय उनकै चेलाका रूपमा राष्ट्रिय टिममा खेलेका ज्ञानेन्द्र मल्लले आफ्नो रणनीति बनाउनेछन् ।
खेलाडीको प्रदर्शन हेर्ने हो भने चितवनका रवि बोपारा र कप्तान कुशल मल्ल ब्याटिङमा ’प्लेअर टु वाच’ हुन सक्छन् । सोहील तनवीर र रिजन ढकालको बलिङले यो प्रतियोगिताभर नै तहल्का मच्चाएको हो। उनी सर्वाधिक विकेट लिने बलरको लिष्टमा तेस्रो नम्बरमा छन् । उनले ७ खेलमा १३ विकेट लिँदै सुदूरपश्चिमपश्चिमका स्कट केग्गेलिन र ललित राजवंशीलाई पछ्याइरहेका छन् ।
त्यस्तै कर्णालीका लागि भने ट्यालेन्ट हन्टबाट आएका विपिन शर्मा निकै घातक सावित भइरहेका खेलाडी हुन ्। नन्दन यादवको गतिले ब्याटरलाई उत्तिकै गाह्रो बनाउँछ। सोमपाल कामी आफैं निकै अनुभवी बलर हुन् । जिसन मक्सुद विलियन वासिस्टोजस्ता राम्रा विदेशी खेलाडीको साथ र नेपाली युवा अलराउन्डर गुल्सन झा टिमको तागत हुन् । यो प्रतियोगितामा भने गुल्सन त्यति चल्न सकेका छैनन् । उनको लागि आफ्नो क्षमता देखाउन एलिमिनेटरको खेल निकै महत्त्वपूर्ण हुन सक्छ ।
जनकपुरलाई सुदूरपश्चिमपश्चिमसँग बदला लिने मौका
पहिलो क्वालिफायरमा सुदूरपश्चिमपश्चिम र जनकपुर भिड्नेछन् । बुधबार दिउँसो १ बजे हुने खेलमा निकै उच्च लयसँग लिगको खेल सकेको सुदूरपश्चिमपश्चिमलाई लय कायम राख्ने दबाब हुनेछ भने जनकपुरलाई लिगको हारको बदला लिने राम्रो मौका हुनेछ ।
सुदूरपश्चिमले ७ खेलमा ६ खेल जित्दै लिगमा उत्कृष्ट लय कायम राखेको छ। बाहिरिने टिमका कप्तान तथा सदस्यहरूले पनि सुदूरपश्चिमलाई उपाधि विजेताका रूपमा हेरेका छन् । काठमाडौंका कप्तान करण केसीले सुदूरपश्चिमपश्चिम उपाधिको लागि सबैभन्दा बलियो दाबेदार रहेको बताएका थिए ।
जनकपुर बोल्ट्स भने प्लेअफअघि आफ्नो नियमित कप्तानलाई गुमाउने भएको छ । लिग चरणको अन्तिम खेलमा चितवनसँगको खेलमा अनिल शाह घाइते बन्न पुगे। उनको स्थानमा मार्की खेलाडीको रूपमा टिममा रहेका आसिफ शेखले टिमको कप्तानी गर्नेछन् । अनिल टिमको कप्तानमात्रै नभई राम्रो ब्याटर पनि हुन् । हालः जनकपुरको टिममा आसिफले लिग चरणको खेलमा राम्रो प्रदर्शन देखाउन सकेका छैनन् । त्यसबाहेक टिममा लाहिरु मिलान्था र जेम्स निशम पनि छन्, केही खेलमा हर्ष थाकरले पनि ब्याटिङमा स्टेपअप गरेका थिए ।
चितवन राइनोज भर्सेस कर्णाली याक्सः बिहान ९ बजे
जनकपुर बोल्ट्स भर्सेस सुदूरपश्चिमपश्चिम रोयल्सः दिउँसो १ बजे