पत्रकारकाे रचनात्मक सुझावले सरकारलाई सही बाटाेमा हिडाउँछ- मुख्यमन्त्री कंडेल


सुर्खेत, ४ पुस ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले पत्रकारहरूकाे
रचनात्मक सुझावले सरकारका कामलाई प्रभावकारी बनाउन सहयाेग पुग्ने बताउनुभएकाे छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयाेजना गरेकाे नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत जिल्ला शाखामा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री कंडेलले सरकारका कामलाई प्रभावकारी बनाउन रचनात्मक सुझावकाे लागि आग्रह गर्नुभएकाे हाे ।
गणतन्त्र ल्याउनका लागि अग्रणी भूमिका खेल्ने मध्यकाे एउटा संस्था पत्रकार महासंघ पनि भएकाे स्मरण गर्दै मुख्यमन्त्री कंडेलले अहिलेकाे व्यवस्थालाई सफल बनाउनका लागि पत्रकारहरूकाे पनि निरन्तर खबरदारीसंगै रचनात्मक भूमिका आवश्यक हुने औंल्याउनुभयाे ।
समाजलाई परिवर्तनसँगै विकास र समृद्धिका लागि सरकारसँगै नागरिक समाज संस्थाहरूकाे पनि महत्वपूर्ण भूमिका हुने कंडेलकाे भनाइ थियाे । प्रेस सधै रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खवरदारी गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
सरकारका कमीकमजोरीहरु र ध्यान नदिएका विषयहरुमा मिडियाको स्वस्थ्य र रचानात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने बताउदै मुख्यमन्त्री कडेलले मिडियाको खवरदाबारीले थप सरकार सञ्चालन प्रभावकारी बन्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री कडेलले आम संचार बिधयेक काम अगाडी बढाइएकोले त्यसमा महासंघको तर्फवाट सुझाव दिन समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो । संचार क्षेत्रको विकास र प्रर्बद्धनमा प्रदेश सरकारले आफनो क्षमता अनुसारका लोककल्याण्कारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिबृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी संचालनको लागि महासंघले सहजीकरण गर्न मुख्यमन्त्री कडेलले सुझाव दिनुभयो ।