कर्णालीमा गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने योजना (अडियोसहित)

प्रभा रावत ।
सुर्खेत, १ साउन (जागरण) । कर्णाली प्रदेशका दशओटै जिल्लामा आवश्यक गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको छ ।
सरकारले सबैका लागि स्वास्थ्य बीमा भन्ने अभियानका साथ जिल्लाहरूमा नागरिक स्वास्थ्य बीमा लागू पनि गर्ने भएको छ । गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई लक्षित गर्दै प्रदेश सरकारले बिमा लागु गर्ने भएको हो ।
प्रदेशका प्रत्येक वडामा एक/एक वटा बर्थिङ सेन्टर (प्रसुति केन्द्र) स्थापनाका लागी सरकारले. ५ करोड रकम विनियोजन पनि गरेको छ । जनताको जीवनसँग जोडिएको आधारभूत स्वास्थ्य सेवालाई भरपर्दो र प्रभावकारी बनाउने लक्ष्य पनि राखेको छ ।
यसैविच हामीले सामाजिक विकास मनत्रालयको स्वास्थ्य महासाखाका प्रमुख व्रिज शाहीसगँ कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला तपाइको मन्त्रालयले कर्णालीको स्वास्थ्य सुधारका कति बजेट विनियोजन गरेको छ, भनेर सोध्नुभएको छ ।

सुन्नुहोस् उहाँसँगको कुराकानीः