हुम्लामा हिमपात,जनजीवन प्रभावित ।

पुष ९, सुर्खेत । हुम्लामा हिमपात भएको छ । गएराति देखि जिल्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएकोे छ ।
सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिका सहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ ।
हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको र जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ
हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय हुम्लाले आग्रह समेत गरेकोे छ ।