शैक्षिक गुणस्तर सुधारका लागि कर्णालीका स्थानीय सरकारहरु नीति निर्माणमा

पुष १०, सुर्खेत । शैक्षिक गुणस्तर सुधारका लागि कर्णालीका स्थानीय सरकारहरु नीति निर्माणमा लागेको बताएका छन । स्थानीय सरकारहरू संविधानप्रदत्त शिक्षाको अधिकार क्षेत्रभित्रका कामका लागि विधिसम्मत ढङ्गबाट, कानून, कार्यविधि र निर्देशिकामा जोड दिइएका बताएका हुन् ।
विद्यालयमा शिक्षण गर्दा आधुनिक प्रविधि प्रयोगदेखि, शिक्षक संख्या थप्नुका साथै विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा आएको नतिजाको आधारमा मूल्यांकन समेत गर्न थालिएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाले शैक्षिक सुधारका लागि भौतिक संरचना निमार्णसँगै, विज्ञान प्रयोगशाला र लाईब्यरी ( पुस्तकाल) को अवधारण ल्याएर अगाडि बढेको जनाएको छ । गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले स्थानीयतहको शिक्षाको गुणस्तरीय बनाउन विद्यालय मर्ज देखि विद्यार्थीकेन्द्रित शिक्षण विधि अवलम्बन, आवश्यक जनशक्तिको व्यावस्थापन र अनूगमनलाई व्यावस्थित बनाएको कर्णाली रैबारसँग बताउनुभयो ।
यस्तै, सिद्ध कुमाख गाउँपालिका सल्यान शैक्षिक सुधारका लागि भन्दै भौतिक संरचना निमार्णसँगै, स्थानीय पठ्यक्रमलाई अगाडि बढाएको जनाएको छ । गाउँपालिका अध्यक्ष भरत गिरीले अहिले को पालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
जाजरकोटको छेडागाड नगरपालिकाले पनि गुणस्तरीय शिक्षा कायम राख्नका लागि दात्रिनिकाय साझेदारी संस्थाहरुस र नगरपालिकाको साझेदारीमा विभिन्न कार्याक्रमह? सञ्चालन गरेको जनाएको छ । नगर उपप्रमुख चन्द्रबहादुर थापाले नगरपालिकामा ८९ वटा विद्यालयह? रहेको भन्दै शिक्षण सिकाइ उपलब्धि, विद्यालयको अनूगमन नियमन र त्यसको प्रभावकारी?पमा कार्यन्वयनमा अगाडि बढेको बताउनुभयो ।
उपप्रमुख चन्द्र बहादुर थापाका अनूसार यो चालुआर्थिक वर्षमा पालिकाले कुल बजेटको ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।