पुष ११, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले कर्णालीको समृद्विले मुलुककै अर्थतन्त्रलाई योगदान दिने बताउनु भएको छ ।
लगानी बोर्डले आज वीरेन्द्रनगरमा गरेको प्रादेशिक छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले मुलुकमा कहि कतै नभएका संभावना कर्णालीमा रहेकोले कर्णालीको समृद्विले मुलुकै अर्थतन्त्रलाइ माथि उठाउने बताउनुभयो ।
अहिले कर्णालीको बारेमा धेरै विषयमा नकारात्मक विषयले मात्र चर्चा पाउने गरेको उल्लेख गर्दे मुख्यमन्त्री कडेलले समयक्रममा कर्णाली प्रदेश सबैभन्दा योगदान दिने प्रदेशको रूपमा स्थापित हुने दावी गर्नुभयो । कृषि, पर्यटन, जलबिधुत र बन जस्ता प्राकृतिक साधन श्रोतले कर्णाली धनी रहेपनि पूर्वाधारको अभावमा ती क्षेमाअपेक्षित लाभ लिन नसकेको मुख्यमन्त्री कडेलले धारणाा राख्नुभयो ।
कर्णालीमा लगानीको वातारण बनाउन संघीय सरकारले पूर्वाधारका ५ वटा क्षेत्रमा प्राथमिकता राख्न आग्रह गर्दै मुख्यमन्त्री कडेलले पूर्वाधार विकासमा सहजीकरण गरे सबैभन्दा राम्रो प्रदेशको रूपमा स्थापित गर्न सकिने पनि मुख्यमन्त्री कडेलको भनाई छ ।
मुलुक संघीय सरकारमा गइसकेपछि पनि लगानी सम्बन्धि कानूनहरू पुरानै कानुन अनुसार चलिरहेकोले त्यसलाई प्रादेशिक संरचनामैत्री बनाउन मुख्यमन्त्री कडेलले आग्रह गर्नुभयो। पू्र्वाधारमा लगानी नभएसम्म निजि क्षेत्र आकर्षित नहुने हुदा सरकारले पहिला पूर्वाधार विकासमा विश्वासको वातारण वताउनुपर्नेमा मुख्यमन्त्री कडेलको जोड थियो ।
कर्णालीमा लगानी गर्ने उत्सुकता देखिन्छ, लगानीको उपयुक्त स्थानहरूपनि छन लगानीकर्ताले लगानीको लागि कानूनहरू बाधक भएको देखाएर पन्छिनु हुन्छ, मुख्यमन्त्री कडेलले भन्नुभयो, कानूनलाई लगानी मैत्री बनाउन हामीले प्रयत्न गर्नै पर्छ ।