लोपोन्मुख समुदायका लागि जग्गाको व्यवस्था गर्ने सरकारको तयारी (अडियाेसहित)

सुर्खेत, १ साउन (जागरण) । कर्णालीमा प्रदेश सरकारले सुर्खेतमा रहेका लोपोन्मुख तथा सिमान्तकृत समुदायका लागि जग्गाको व्यवस्था गर्ने भएको छ ।
सुर्खेतको गुर्भाकोटमा आयोजना गरिएको एक कायक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सिमान्तकृत वर्गको उत्थान गर्ने विषयमा सरकार गम्भीर भएको जनाउँदै अब कोही पनि नागरिक पछाडी नपर्ने दाबी गर्नुभयो ।

सोहि अबसरमा सुर्खेतका लोपोन्मुख तथा सिमान्तकृत समुदायलाई सोलार वितरण गरिएको छ । गुर्भाकोट नगरपालिकामा बस्दै आएका राजि, बोटे, कुसुण्डा, गन्र्दव, दलित समुदायलाई सोलार वितरण गरिएको हो ।
उनीहरुलाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाण्डौको सहयोगमा लोपोन्मुख सिमान्तकृत समाज उत्थान वीरेन्द्रनगरले सोलार वितरण गरेको हो ।
गुर्भाकोट नगरपालिकामा रहेका राजी समुदायका २० परिवार, बोटे समुदायका ३५ घरपरिवार, कुसुण्डा समुदायका चार घरपरिवार, बादी समुदायका एक सय घर परिवारलाई सोलार वितरण गरिएको छ । यस्तै गन्र्दव समुदायका एक सय घरपरिवार र दलित समुदायका एकसय घरपरिवारलाई सोलार वितरण गरिएको छ ।
यस्तै, भौतिक पुर्वाधार तथा विकास मन्त्री खड्गबहादुर खत्रीले प्रदेशमा रहेका पिछडिएका वर्गहरुको अवस्था सुधारका लागि सरकारले ठोस निती बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
लोपोन्मुख सिमान्तकृत समाज उत्थान वीरेन्द्रनगरले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष लालबहादुर राजी, सांसद ठम्मर विष्ट, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनलगायत विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता थियो ।