सुर्खेत, १५ पुस ।
पछिल्लो समयकी चर्चित लोक गायिका शान्तिश्री परियार मंगलबार (भोली) सुर्खेत आउने भएकी छन् । अङ्ग्रेजी नयाँ बर्ष २०२५ का अवसरमा सिद्धार्थ होटल सुर्खेतले आयोजना गरेको साँस्कृतिक कार्यक्रम सहितको न्यु एयर इभमा गायिका परियार आउन लागेकी हुन् ।
सुर्खेतबासीलाई न्यु एयर इभमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौबाट चर्चित गायिका लाई सुर्खेतमा ल्याएर सास्कृतिक कार्यक्रम गर्न लागेको सिद्धार्थ होटलले जनाएको छ । यस्तै काठमान्डौबाट ओपनिङ ब्यान्ड “स्पर्श ब्यान्ड“ र लेडिज डिजे पिज्जाको पनि प्रस्तुति रहनेछ । सिद्धार्थ होटेलले नया बर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको पनि जनाएको छ । कार्यक्रमका लागि एकजनाको १ हजार ५०० र बालबालिकाका लागि रु १ हजारको प्रवेशसहित खानाको प्याकेज रहेको छ ।
गायिका शान्तिश्री परियारका अरेली काँडैले, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधारैको, घर कता हो बहिनी लगायतका गीतहरु पछिल्लो समय चर्चामा छन् ।