गणेशजलको १३ औँ साधारणसभा, चालु आ.ब.लाई सदस्य केन्द्रीत बर्ष बनाउने


सुर्खेत, १५ पुस ।
सुर्खेतको गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०८१÷०८२ लाई सदस्य केन्द्रीत बर्षका रुपमा मनाउने भएको छ ।
सोमबार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको १३ औँ साधारणसभाले चालु आर्थिक बर्षलाई सदस्यहरुको वित्तीय साक्षरता, वित्तीय सक्षमता र सदस्य सुरक्षामा केन्द्रीत रहेर सदस्य केन्द्रीत बर्षका रुपमा कार्यसम्पादन गर्ने नीति पारित गरेको हो । बार्षिक साधारणसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रेम कुमार विसीले सदस्यको माझमा गणेशजल अभियान अन्तर्गत सदस्य केन्द्रीत कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा सदस्यहरुलाई गरिबीबाट माथि उठाउन शिक्षा, स्वास्थ्य र गुणस्तस्य जीवन लाई सम्बोधन गर्दै सदस्यको आत्मसम्मान बृद्धिमा विशेष महत्व दिइने अध्यक्ष विसीले उल्लेख गर्नुभयो । वित्तीय क्षेत्रमा प्रयोगमा आएका उत्कृष्ट प्रविधिहरुको प्रयोगलाई सदस्यहरुमाझ पहुँचमा पु¥याउने संस्थाले लक्ष्य लिएको छ । संस्थाले बचत ऋणसँगै कृषि उत्पादन र उद्यमशीलतालाई प्रोत्सहान गर्ने नीति लिएको छ । कृषि व्यवसायका लागि नियमित ब्याजदर भन्दा १ प्रतिशत कम ब्याजदरमा ऋण लगानी गर्ने संस्थाको नीति छ ।
यस्तै विशेष कार्यक्रम अन्तर्गत शारीरिक रुपमा असक्त भएका सदस्यहरुलाई बचतमा शुन्य दशमलव ५ प्रतिशत बढी र ऋणमा १ प्रतिशत कम ब्याजदर दिने संस्थाले नीति पारित गरेको छ । स्कूल स्कूलमा गणेशजल, युवासँग गणेशजल,गशेणजल आरोग्य लगायत शिर्षकमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि संस्थाको कार्यक्रम छ ।
संस्थाको कुल पुँजी ४० करोड ६०लाख १५ हजार रहेको छ भने सदस्य संख्या ५ हजार ८ सय ७० रहेको छ ।
बार्षिक साधारणसभाको उद्घाटनका क्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले सहकारीहरुले उत्पादनमूलक क्रियाकलाप एवं उद्यमशिलता प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा जम्मा भएको आम सर्वसाधारण नागरिकको रकमलाई सही ढंगले परिचालनगरी उत्पादन बृद्धिमा लगाउनुपर्ने बताउनुभयो । सहकारीहरुको रकमलाई उत्पादनमूलक कार्यमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले चाँडै नै प्रादेशिक कार्यशाला आयोजना गर्ने पनि शाहले जानकारी गराउनुभयो ।