आज देशका यी स्थानमा हुने छ हिमपात

पुष १६,काठमाडौं । मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।