कर्णाली प्रदेश सरकारको चार वर्षमा ९१ वटा झोलुङ्गे पुल निर्माण, यो वर्ष पनि ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य

कर्णाली प्रदेश सरकारले चार वर्षमा ९१ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा ८ वटा २०७८÷०७९ मा ९ वटा २०७९÷०८० मा ३८ वटा र २०८०÷ ०८१ मा गरेर हाल सम्म ९१ वटा झोलुङ्गे पुल निर्माण गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको उहाँले बताउनुभयो ।
सूचना अधिकारी कार्कीले पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने बताउनुभयो । उहाँका अनूसार यो वर्ष पनि ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।
भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको सूचना अधिकारी कार्कीले कर्णाली बताउनुभयो ।
उहाँका अनुसार संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाई दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेकोे बताउनुभयो ।
चालु आर्थिक वर्षमा पुल निर्माणका लागि प्रदेश सरकारले २० करोड ५० लाख बजेट विनियोजन गरेको छ । यो वर्ष ४२ वटा नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको छ । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्न लागिएको कार्कीले बताउनुभएको छ ।