बालगायक सचिन परियारको निधन

पुष १८ काठमाण्डौ , बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो। उनको निधन भएको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।