बराहताल गाउँपालिकामा अध्यक्षको मनोमानी, दोस्रो सभा बोलाउन माग (अन्तरवार्ता)

सुर्खेत, १ साउन (जागरण) । पश्चिम सुर्खेतको बराहताल गाँउपालिका केहि जनप्रतिनिधहरुले दोस्रो गाँउसभाको बैठक पुनः बोलाउन माग गरेका छन ।
आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उनीहरुले बहुमत सदस्यहरुको मागलाई सम्बोधन नगरी अध्यक्षले मनोमानी ढङगले बैठक स्थगित गरेको आरोप लगाएका छन ।
वडा नम्बर १० का अध्यक्ष हरिलाल सलामीले ५४ जना सदस्य रहेको गाँउपालिकामा ३२ सदस्यको असहमति हुदाँ हुदैहुदै आफुहरुको प्रस्ताव पेश नै नभएर बैठक सकिएको भन्दै आपत्ती जनाउनु भयो ।
यता गाँउपालिका अध्यक्ष तेजबहादर बस्नेतले ९ वटा बुँदामा छलफल भईसकेको भन्दै केन्द्रको बारेमा छलफल हुन बाँकी रहेको बताउनु भयो ।
उहाँले गाँउपालिका केन्द्रको बिषयमा राजनितिक दलहरुसंग पनि छलफल गरेर मात्र टुङगो लगाईने बताउनु भयो । गाउँपालिका ३२ जना जनप्रतिनिधिहरुले आफुहरुको असहमति हुँदाहुँदै पनि गाउँ सभा सम्पन्न गरेको आरोप लगाएका छन् । यसै सन्दर्भमा आज हामीले बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतसंग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा गाउँसभाबाट कस्ता एजेण्डाहरु पारित गर्नुभयो ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।