पुष, २८ सुर्खेत । तेस्रो चुली कप क्लव चेन्पेन्सिप पुरुष भलिबल प्रतियोगिता २०८१ को फाईनल खेल सोमवार हुने भएको छ । खेल पौष २५ गते देखि २९ गते सम्म सुर्खेतको वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा संचालन भईरहेको छ ।
जस प्रतियोगिताको फाईनलमा भगवतीमाइ गाउँपालिका दैलेख र लेखवेशी नगरपालिका सुर्खेतले प्रवेश गरेका छन् । आईतवार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा आयोजक चुली युवा क्लवलाई हराउँदै लेखवेशी नगरपालिका फाईनलमा प्रवेश गरेको हो भने, आईतवार नै सम्पन्न दोस्रो सेमीफाईनल खेलमा कालीबहादुर गण सुर्खेतलाई हराउँदै भगवतीमाइ दैलेख फाईनल प्रवेश गरेको हो ।
सोमवार हुने पहिलो खेल विहान ११ बजे तेस्रो स्थानको लागि खेल हुनेछ । जसमा आयोजक चुली युवा क्लव र कालीबहादुर गण खेल्नेछन्, भने फाईनल खेल दिउँसो १ बजे भगवतीमाइ गाउँपालिका दैलेख र लेखवेशी नगरपालिका सुर्खेतले बिच हुनेछ ।
तेस्रो चुली कप क्लव चेन्पेन्सिप पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, दृतीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्तोना पुरस्कार ५० हजार रहेको छ, भने विधागततर्फ सर्वोउत्कृट खेलाडीले १५ हजार र हरेक विधाका विधागत उत्कृष्ट खेलाडीले १०÷१० हजार पाउँने आयोजकले जानकारी दिएको छ ।