हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

६ माघ, हुम्ला – चंखेली गाउँपालिका १ को होहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो ।

घाइतेहरूको उद्वारको प्रयास भइरहेको र प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।