नवराज रोकाय
माघ ०९, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आगामी माघ ११ र १२ गते कर्णाली युथ महोत्सबको आयोजना गरीएको छ ।
यूथ फर चेन्जको आयोजनामा विरेन्द्रनगर स्थित सिटिहलको ग्राउण्डमा हुने यस महोत्सबले कर्णालीका युवाहरूलाई आत्मविश्वास र क्षमता वृद्धिका लागि नयाँ दिशा प्रदान गर्ने लक्ष्य राखेको छ ।
विशेष गरी विदेश जाने सोच भएका युवा वर्गलाई देशमै रहेका अवसरहरूको महत्त्व बुझाउन महोत्सबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको परिवर्तनका लागी युवा संस्था ( यूथ फर चेन्ज ) का अध्यक्ष हिमाल बिष्टले बताउनुभयो ।
गत जेष्ठ २६ गते काठमान्डौंको प्रज्ञा प्रतिष्ठानमा करीब ३ हजार भन्दा धेरै युवा विद्र्यार्थीहरुको सहभागीतामा नेश्नल यूथ फेष्टिबल सफलरुपमा सम्पन्न गरेको भन्दै त्यसै अनुरुप सातै प्रदेशमा प्रादेशिक युथ फेष्टिबल गर्ने सोचका साथ कर्णालीबाट प्रादेसिक युथ फेष्टिबल महोत्सबको सुरुवात गर्न लागीएको अध्यक्ष बिष्टले आज एक कार्यक्रमका बिच जानकारी दिनुभयो ।
महोत्सबमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, विरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि र राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका प्रमुख व्यक्तिहरूको सहभागीता रहने भएको छ ।
कार्यक्रममा कर्णालीका विभिन्न सफल युवा जो आफ्नै देशमा रहेर समृद्धि र आर्थिक क्षेत्रमा कामगरी रहेका छन् उनीहरुलाई उपस्थीत गराई कर्णाली युथ आइकनको रूपमा सम्मानित गरिने आयोजकले बताएको छ ।
कर्णालीका युवाहरूलाई एकजुट गराएर समग्र प्रदेशको सामाजिक र आर्थिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले कर्णाली युथ महोत्सबको आयोजना गरीएको महोत्सबका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले बताउनुभयो ।
महोत्सबमा सफल युवाहरुको प्रगति, चर्चित गायक गायिका लगाएत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेभएको छ ।
कार्यक्रममा कर्णालीको सांस्कृतिक धरोहर र युवाहरूको नेतृत्व विकासलाई केन्द्रीत गर्दै संवाद र छलफलका सत्र पनि हुने बताईएको छ ।
महोत्सबले युवा वर्गमा प्रेरणा र सकारात्मक सोचको संचार , कर्णाली प्रदेशका समस्याहरूलाई चिन्हित गर्दै, युवा नेतृत्वको माध्यमबाट समाधान खोज्ने र नयाँ रणनीतिहरू प्रस्तुत गर्नुका साथै युवाहरूलाई केवल मनोरञ्जनको अवसर मात्र नभई , भविष्यमा नेतृत्वकर्ताका रूपमा हौसला दिने अपेक्षा गरिएको छ ।