सुर्खेत १५ माघ। एचपीभी विरुद्धको खोप अभियान बारे सुर्खेतका संञ्चारकर्मिहरु संग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम संञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा मंगलबार एचपीभी विरुद्धको खोप अभियान बारे सुर्खेतका संञ्चारकर्मिहरु संग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम संञ्चालन संञ्चालन गरिएको हो ।
सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरस एच.पि.भी. विरुद्धको खोप दिन लागेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा पाठेघरको मुखको क्यान्सर बारे जानकारी ,रोकथामका उपाय, अभियानमा प्रयोग हुने एच.पि.भी. खोपको परिचय ,नेपालमा एच.पि.भी. खोप सेवा सञ्चालनको पृष्ठभूमिसाथै खोप सेवा सञ्चालनको औचित्य , एच.पि.भी. खोप सेवा का लक्षित समूह र संख्या एच.पि.भी. खोप अभियान सञ्चालन कार्यनीति बारे स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, नवराज कँडेल ले जानकारी दिनुभएको थियो ।
यस्तै खोपको मात्रा र दिने विधि ,एच.पि.भी. खोप दिन नहुने अवस्था ,एच.पि.भी. खोपदिने स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने विशेष अवस्थाहरू ,सुईको डर वा चिन्ताले देखिने प्रतिक्रिया ब्यवस्थापन बारे प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा. सुवाश शर्मा,ले संञ्चारकर्मिहरुलाई जानकारी दिनु भएको थियो । देशव्यापी रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म चल्नेछ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइने तयारी गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।