माघ २३, काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज तीन वटा प्रदेशमा बादल लागेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमका एक÷दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना छैन ।
महाशाखाका अनुसार तराई÷मधेसका केही ठाउँमा हुस्सु छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।