माघ २३, सुर्खेत – प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मुना हमाल चयन भएकी छन् । नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भएकि छन् ।
यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र समावेसी सहसचिवमा तेजबहादुर रोकाया, कोषाध्यक्षमा नवराज रोकाय चयन भएका छन् । सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले पत्रकारिताको दायरा फराकिलो बनाउँदै सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सत्यमा आधारित समाचार प्रवाह गर्न पत्रकारहरू जागरूक हुनुपर्ने समेत बताउनुभएको छ ।