फागुन ७, सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन् ।
वीरेन्द्रनगरमा आज कर्णाली उत्सव कुडा कर्णालीका छैटौं संस्करणमा खलंगा शक्तिको सदरमुकाम सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्वय शाही र शर्माले यही तरिकाले संघीयताको अभ्यास गरिए प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा औंल्याएका हुन् ।
संघले अधिकार नदिएकै कारण प्रदेशले काम गर्न नसेकेको उनीहरुको भनाइ छ । कांग्रेस नेता शाहीले कर्णाली प्रदेशमा कुनै बेला आफूहरु सत्तापक्ष र प्रतिपक्ष नभनेर एक भई अघि बढेको स्मरण गर्दै त्यतिबेला कर्णालीको समस्यालाई प्रतिपक्षी बनाएका भएपनि अधिकार नभएकै कारण काम गर्न नसकिएको बताउनुभयो ।
माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शर्माले आफूले १४ महिना प्रदेशको नेतृत्व गर्दा तीनपटक विश्वासको मत लिनुपरेको सन्दर्भ उल्लेख गर्दै कर्णालीलाई योजनाबद्ध पछाडि पारिएको दाबी गर्नुभयो ।
प्रदेशको एकल अधिकार सूचीमा भएका अधिकार पनि नदिनु भनेको संघीयताविरोधी, सामन्तवादी चिन्तन भएको बताउनुभएको छ ।