जनताको आवाजः जग्गाको कित्ताकाटमा लगाईएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय दलाली प्रवृत्तिको उपज (अडियोसहित)

सुर्खेत, ३ साउन (जागरण) । सरकारले अब जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटाउने तयारी थालेको छ । नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अब फुकुवा गर्ने तयारी सरकारले गरेको हो । विस्तृत अध्ययन र उपयुक्त नीति बिना नै कित्ताकाटमा मात्रै रोक लगाउँदा त्यसले समाजमा विकृति र पारिवारिक बिखण्डन ल्याउने खतरा बढेको ठहर गर्दै सरकारले नयाँ भुमी नीति बनाएर कित्ताकाटको समस्यालाई हल गर्ने बताएको छ । यसै सन्दर्भमा हामीले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटाउने सरकारको निर्णय तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।