प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

फागुन १८, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उहाँले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसक्नुभएको छ । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उहाँले निम्तापत्र हस्तान्तरण गनुभएको हो । केही अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएको थियो ।