सुर्खेत, ४ साउन (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४६ मु्द्धा फर्छौयोट गरेको जनाएको छ । आज पत्रकार सम्मेलन गरी कार्यालयमा दर्ता भएका एक हजार ३ सय ७६ मुद्धा मध्ये १ हजार ४६ मुद्धा फर्छौयोट गरिएको जानकारी दिईएको हो । ३ सय ३० मुद्धा अँझै फछ्र्याैट गर्न बाँकी छ ।
प्रहरीमा सबै भन्दाबढी घरेलु हिंसाका मुद्धाहरु दर्ता भएका छन् । कार्यालयका अनुसार गएको आर्थिक वर्षमा ४ सय ५९ घरेलु हिंसाका मुद्धाहरु प्रहरीमा दर्ता भएका हुन् ।
सुर्खेतमा पछिल्लो समय आत्म हत्याका घटनाहरु पनि बढेका छन् । गएको आर्थिक वर्षमा ९२ जनाले आत्म हत्या गरेका छन् ।
यस्तै एक वर्षमा १ सय ६३ वटा सार्वजनिक अपराधका मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक अपराध ७५ वटा मात्र भएका थिए । प्रहरीका अनुसार गत आर्थिक वर्षमा बलात्कारका २३ वटा मुद्दा दर्ता भएका छन् ।
यसैबिच, हामीले जिल्ला प्रहरी कार्यालयले गरिररहेको काम, हाँसिल भएका उपलब्धी र देखिएका चुनौतिका बारेमा एसपी उमाप्रसाद चतुर्वेदीसँग कुराकानी गरेका छौँ ।
उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला गत आर्थिक वर्षमा महत्वपुर्ण काम के के गर्नुभयो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।