काठमाडौँ, २५ फागुन ।
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पानी भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार साम्बा प्याकअन्तर्गत ५० Mbps, १०० Mbps, २०० Mbps, र ३०० Mbps इन्टरनेट योजना रहेकाछन्। विशेष रूपमा, १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । १०० Mbps को मूल्य रु. ८,५०० (कर सहित) बाट सुरु जनाइएको छ ।
“भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’ का मुख्य मूल्यहरू – गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो। यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो।” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।