पाँच सय बढी घरधुरी लाभान्वित हुने गरी आलीमा विद्युत सेवा विस्तार

सुर्खेत, ४ साउन (जागरण) । सुर्खेतको सिम्ता गाउँ पालिकाकाे वडा नम्बर पाँच आलीमा पनि आजबाट विद्युत सेवा बिस्तार भएको छ । यसबाट वडाका पाँचसय बढी उपभोक्ता लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले यो संगै गाउँपालिकाका तीन वटा वडामा राष्ट्रिय प्रसारण लाईन बिस्तार भएको बताउनुभयो ।
यसअघि वडा नम्बर ६ राकम र वडा नम्बर ७ काप्रिचौंरमा विद्युत सेवा बिस्तार भईसकेको छ । अध्यक्ष केसीले गाउँपालिकाले उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत ५ वर्षमा गाउँपालिकाका ९ वटै वडामा विद्युत सेवा बिस्तार गर्ने लक्ष्य सहित वार्षिक तीन करोड रुपैयाँ विनियोजन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
आजको कार्यक्रममा प्रदेस सभा सदस्य ठम्बर बिष्ट र विद्युत प्राधिकरण सुर्खेत बितरण केन्द्रका प्रमुख सुरजसिंह भन्डारी पनि बिद्युत सेवा बिस्तारलाई निरन्तरता दिन पहिल गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।