जनताले ल्याएको परिवर्तन विरुद्ध प्रतिगामीहरू सल्बलाइ रहेको : एमाले महासचिव पोखरेल

चैत २७, सुर्खेत । एमाले महासचिव शंकर पोखरेलले जनताले ल्याएको परिवर्तन विरुद्ध प्रतिगामीहरू सल्बलाई रहेको बताउनुभएको ।
आज वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले सुर्खेतको जनजागरण सभालाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिमा अढाई सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैंका लागि बिदा गरिसकेकोले पून राजसंस्था फर्कन नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले एमाले सरकारमा रहेर पनि जागरणसभा गर्नुपर्ने अबस्थाका बारेमा समेत प्रस्ट पार्नुभयो । एमाले महासचिव पोखरेलले गणतन्त्रकै कारण नेपालमा उल्लेखनीय विकास भएको दाबी गर्दे कर्णाली प्रदेशलाई एक पोका नुन बोक्नका लागि हेलिकप्टरको प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्यगरी अहिले मोटरबाट सामान पुग्न थालेको बताउनुभयो ।
उहाँले राजाको २५० वर्षे शासनकालको आलोचना गर्दै महासचिव पोखरेलले राजाको शासनकालमा देशको कूल गार्हस्थ उत्पादन ४ खर्ब रहेकोमा हाल ५७ खर्ब पुगेको बताउनुभयो ।
यस्तै जनजागरण सभामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेले कर्णाली प्रदेशसरकारले भने अनुसार काम गर्न नसकेको बताउदै तर काम नै नभएको भन्ने भाष्य गलत भएको बताउनुभयो ।
मुख्यमन्त्री कंडेलेले जनातालाई संगठीत र सुचित गर्ने कुरा केबल चुनाबका बेलामात्र गर्ने चलनको अन्त्य गर्दे एमालेले चुनाबमा सामेल हुने तर चुनाबमा मात्रै रमाउने पार्टि नभएको बताउनुभयो ।
दशाँै हजार नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको कार्यक्रममा वीरेन्द्रनगरका नगरप्रमूख मोहन मायँ ढकाल, एमाले प्रमूख सचेतक टेकराज पछाइर्, केन्द्रय सदस्य नवराज रावत, कर्णाली प्रदेश इन्र्चाज गोरख बोगटी, जिल्ला अध्यक्ष कुलमणि देबकोटा लगाएतले आ आफ्ना भनाई राख्नु भएको थियो ।