चौकुने गाउँपालिकामा लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता तालिम


सुर्खेत, ६ जेठ ।
सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ८ मा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्वन्धी तालिम ३ दिने तालिम सञ्चालन भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, युएन ओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत “लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना“ अन्तर्गत तालिम सञ्चालन भएको हो । आइतबार वडा अध्यक्ष कमल जिसीको अध्यक्षतामा तालिम उद्घाटन भएको छ ।
उक्त परियोजना प्रो–पब्लिकको अगुवाइमा सुशासन प्रवद्र्धनका लागि युवा (वाइजीजीपी) सुर्खेत, निडस नेपाल सुदूरपश्चिम प्रदेशले साझेदारी संचालन भईरहेको छ । परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा कार्यान्वयन भइरहेको छ । महिला तथा पछाडि पारिएको समुह, दलित, जनजाती, सिमान्तकृत र अपांगता भएका व्यक्तिहरुको निर्णयमा पहुच अभिवृद्धि, जवाफदेहिता र पारदर्शिता माग अभिवृद्धि गरी लैङ्गिक समानता, सामाजिक न्याय, महिला शसक्तिकरण र जवाफदेहिता प्रवद्र्धन गर्ने परियोजना लक्ष्य रहेको वाइजीजीपीका कार्यकारी निर्देशक घनश्याम केसीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रो पव्लिक टिम लिडर पोष्ट केसीले तालिमहरूले समुदायमा सुशासन र लैङ्गिक समानता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले परियोजनाले स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्य अभिवृद्धि गरी लैगिंक समानता र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
सहभागीहरुलाई सहभागीहरूलाई लैङ्गिक समानताको अवधारणा, सामाजिक जवाफदेहिता, सार्वजनिक सेवा पहुँचमा हुने विभेद, स्थानीय तहमा हुने लैङ्गिक हिंसाका मुद्दाहरू, योजना तर्जुमा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता औजार सार्वजनिक सुनुवाई, सुचनाको हक, नागरिक वडा पत्र, नागरिक प्रतिवेदन पत्र सम्वन्धी विषयमा प्रशिक्षण दिइनेछ ।
तालिममा चौकुने गाउँपालिका वडा नं. ८ का महिला समूह तथा पछाडि पारिएका समुह, दलित जनजाती, सिमान्कृत तथा अपांगता भएका व्यक्तिहरू गरी २० जना सहभागी रहेका छन् ।
तालिमले महिला तथा पछाडि पारिएको समुह, दलित जनजाती र अपांगता भएको व्यक्तिहरुको स्थानीय तहमा सामाजिक जवाफदेहिता बढाउन, नीति निर्माण र सेवा प्रवाहमा नागरिक सहभागिता सुनिश्चित गर्न र सुशासन प्रवद्र्धनमा सघाउने अपेक्षा गरिएको छ । तालिम पाश्चात लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन गरिने जनाइएको छ ।