जागरण संवाददाता
सुर्खेत, १४ जेठ ।
चुरेगाउँपालिका ४ वालुवागडा, कैलालीमा भावना विकको अध्यक्षतामा २२ सदस्यीय लैंिगक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन वेमेनको प्राविधिक सहयोग र नेपाल सरकारको समन्वय तथा सहकार्यमा शसक्त महिला समृद्ध नेपाल अभियान अन्र्तगत प्रो पव्लिकको अगुवाई र निर्डस नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको सहकार्यमा मिति २०८२ जेठ १ देखि ३ सम्म संचालित ३ दिने वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता तालिम पश्चात सो नागरिक संजाल गठन गरिएको हो । चुरे गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामिछाने अध्यक्षतामा सम्पन्न भएको सो तालिममा सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग मार्फत लैगिंक विभेद तथा असमानता ,लैगिंक मैत्री वजेट निमार्ण गर्ने, योजना तर्जुमामा सहभागिता अभिवृद्धि गर्ने, निर्णयमा पहुच अभिवृद्धि गर्ने र पारदर्शिता र जावफदेहिता माग गर्ने जस्ता विषयमा क्षमता अभिवृद्धि गरी लैगिंक समानता र महिला शसक्तिकरण गर्ने उद्देश्यले तालिम संचालन भएको थियो ।
परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा संचालन भईरहेको छ यस परियोजनाले विशेष गरेर महिला तथा पछाडि पारिएको समुह, दलित, जनजाती, सिमान्तकृत र अपांगता भएका व्यक्तिहरुको निर्णयमा पहुच अभिवृद्धि, जवाफदेहिता र पारदर्शिता माग अभिवृद्धि गरी लैङ्गिक समानता, सामाजिक न्याय, महिला शसक्तिकरण र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य सहित संचालनमा आएको परियोजनाका गतिविधिहरुले समुदायमा सुशासन, जवाफदेहिता र लैङ्गिक समानता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्रो पव्लिकका टिम लिडर पोष्ट केसीले बताउनु भयो ।
साथै परियोजनाले स्थानीय सरकार, नागरिक समाज तथा समुदायबीचको सहकार्यमा अभिवृद्धि गरी लैगिंक समानता र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । तालिममा परियोजना संयोजक पुनम पान्डे, सहजकर्ता, निर्मला कुमारी थापा मगर, निर्मला कुमारी हमालले सहजीकरण गर्नुभएको छ । उनीहरूले सहभागीहरूलाई लैङ्गिक समानताको अवधारणा, सामाजिक जवाफदेहिता, सार्वजनिक सेवा पहुँचमा हुने विभेद, स्थानीय तहमा हुने लैङ्गिक हिंसाका मुद्दाहरू, योजना तर्जुमा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता औजार सार्वजनिक सुनुवाई, सुचनाको हक, नागरिक वडा पत्र, नागरिक प्रतिवेदन पत्र सम्वन्धी विषयमा प्रशिक्षण दिएको थियो ।
तालिममा चुरे गाउँ पालिका ४ का महिला समूह तथा पछाडि पारिएका समुह, दलित जनजाती, सिमान्कृत तथा अपांगता भएका व्यक्तिहरू गरी २२ जना सहभागी रहेका थियो । सहभागीहरूले तालिमबाट लैङ्गिक समानताबारे गहिरो बुझाइ विकास भएको, स्थानीय तहमा हुने निर्णय प्रक्रियामा महिला तथा सीमान्तकृत समुदायको भूमिका र स्थानीय तहमा जवाफदेहिता र पारदर्शिताको वारेमा क्षमता अभिवृद्धि भई लैगिंक समानता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
तालिममा सहभागीहरूबीच समूह कार्य, अनुभव आदानप्रदान, प्रस्तुति तथा संवादको माध्यमबाट सिकाइ प्रक्रिया अझ सशक्त बनाइएको छ । प्रशिक्षकहरूले तालिम अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यासका माध्यमबाट सिकाउने प्रयास भएको थियो । चुरे गाउँपालिका ४ का वडा अध्यक्ष चन्द्र वहादुर लामिछानेले यस्ता समय सापेक्ष तथा महत्वपुर्ण तालिमले महिला तथा पछाडि पारिएका समुह, दलित, जनजाती,अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गरी निर्णय प्रकियामा पहुच वृद्धि गर्ने, लैगिंक समानता र सामाजिक जवाफदेहि र पारदर्शिता प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गर्दै तालिम आयोजना गर्नु भएकोमा प्रो पव्लिक लगायतका संस्थालाई धन्यवाद दिनु भयो ।
तालिम सिकेका सिप ज्ञानलाई आफ्ना समुदायमा कार्यान्वयन गर्दै लैङ्गिक न्याय र सामाजिक उत्तरदायित्व तथा पारदर्शिता र सुशासन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पाश्चात लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल चुरे गाउपालिका ४, कैलाली गठन गरिएको थियो । साथमा १० वटा सार्वजनिक प्रतिवद्धता पनि सार्वजनिक गरिएको थियो ।