बुधबार देशका यी स्थानमा हुने छ वर्षा

असार ४, काठमाडौं । बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।