सुर्खेतमा अन्तर विद्यालय क्विज हुने


सुर्खेत, ७ असार ।

सुर्खेतमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगित (क्विज) प्रतियोगिता हुने भएको छ । निजी विद्यालयहरुको संस्था प्याब्सन सुर्खेतको आयोजनामा भोली आइतबारदेखि क्वीच प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता भोली असार ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ प्याब्सन सुर्खेतले जानकारी दिएको छ ।

क्वज कार्यक्रममा सुर्खेतका विभिन्न ३४ वटा निजी विद्यालयले भाग लिएका छन् । आयोजकका अनुसार प्रत्येक विद्यालयबाट ४ जनाको १ टोली सहभागी हुनेछ । सहभागी विद्यालयलाई ए, बि, सी समूहमा गोलाप्रथाबाट विभाजन गरिनेछ । समूह चरणमा स्टिम, सामाजिक र बजर राउण्ड रहने प्याब्सन सुर्खेतका अध्यक्ष क्षत्र बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार फाइनलमा सामान्य, अडियो (भिजुअल, बजर र र्यापिड फायर राउण्ड रहेको छ ।
प्रतियोगितामा प्रथम हुने विजेतालाई – रु १५,००० दोस्रो हुने उपविजेतालाई – रु १२,००० तेस्रो हुने उपविजेतालाई – रु ८,००० र चौथौ हुनेलाई – रु ५,००० पुरस्कार रहेको छ ।
प्रतियोगिता जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा सञ्चालन हुने र फाइनल चरणको प्रतिस्पर्धा असार १४ गते हुने प्याब्सन सुर्खेतका सचिव प्रकाश खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताबारे जानकारी दिन आज वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार नवराज गुरुङ्गले हाजिरी जवाफ प्रतियोगिताले पढाइसँगै अतिरिक्त क्रियाकलाप मार्फत विधार्थीको क्षमता अभिबृद्धमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीले क्विज लगायतका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको प्रतिभाको प्रष्फुटन हुने भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।