यस्ताे छ चिङ्गाड गाउँपालिकाको आगामी नीति,कार्यक्रम र बजेट (पूर्ण पाठसहित)


सुर्खेत, ८ असार ।
सुर्खेतको चिंगाड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छ ।
आज आइतवार आयोजित १९ औँ अधिवेशनमा अध्यक्ष बोध विक्रम जिसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिना कुमारी रोकायले बजेट पेश गर्नुभएको हो ।
चिंगाड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि जम्मा रु ४० करोड ८६ लाख ४६ हजार २ सय ७ रुपैँयाको बजेट ल्याएको छ । जसमध्ये चालु तर्फ ३१ करोड ८३ लाख ९ हजार र पुँजीगत तर्फ ९ करोड ३ लाख ३७ हजार २ सय ७ रुपैँया रहेको छ । बजेटको स्रोत मध्य आन्तरिक राजस्वबाट २५ लाख मात्र रहेको छ भने संघीय अनुदानकै हिस्सा बढीप छ । संघीय सशर्त अनुदानबाट सबै भन्दा बढी १७ करोड ७५ लाख, संघीय वित्तीय समानीकरण ८ करोड, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ७१ लाख २७ हजार २ सय ४३, संघीय बिशेष अनुदान ९० लाख र संघीय समपुरक अनुदानबाट ६५ लाख रुपैँया रहेको छ ।
यस्तै प्रदेश वित्तीय समानीकरण अनुदान ९९ लाख ६१ हजार, प्रदेश सवारी कर १४ लाख ८३ हजार ९ सय ६४, प्रदेश सशर्त अनुदान पुजींगत १ करोड ८५ लाख, प्रदेश सशर्त अनुदान चालु १६ लाख ७४ हजार र प्रदेश सरकार विशेष अनुदान ६० लाख रहेको छ । र २०८१।८२ को अनुमानित मौज्दात ८४ लाख समेतलाई गरेर जम्मा बजेट ल्याइएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा २ करोड २७ लाख रुपैँया बिनियोजन गरेको छ । यस्तै गाउँपालिका भित्रका सडक स्तरोन्नती, नर्सरी स्थापना, व्यावसायिक कृषि, पशुपालन, उद्यमशिलताका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले हरेक महिना प्रत्येक शनिबार टोल टोलमा स्वास्थ्यकर्मी पठाइ स्वास्थ्य जाँचको कार्यक्रम ल्याएको छ । यस्तै “नखाऔँ गुट्का र सुर्ती- गरौँ प्रयाेग  चिङ्गाडको छुर्पी” नारा दिएर छ्रपि उत्पादन र बजारीकरणप लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ । यस्तै ६० बर्ष माथिका एकल पुरुषलाई मासिक भत्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

गाउँसभाबाट आगामी आर्थिक बर्षकाे नीति कार्यक्रम र बजेट पारित भएकाे छ ।

निति बजेट वक्तव्य