विदेशबाट फर्किएर उद्यम गरेका ढकाल पुरस्कृत


सुर्खेत,१८ असार ।
बैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरेका सुर्खेतका लक्ष्मी प्रसाद ढकाललाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायमा गरेकाहरुलाई राष्ट्रिय समान तथा पुरस्कार प्रदान गरेको हो। एक कार्यक्रमका बीच श्रम तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कारका लागि देशभरिबाट आवेदन माग गरेकोमा ७२ जनाले आवेदन गरेका थिए। विभिन्न छनोटहरू प्रक्रिया पूरा गर्दै कर्णालीबाट एकजना उद्यमीले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । ढकालले सुर्खेतमा देउती होजियारी उद्योग ऐण्ड ट्रेडिङ सेन्टर सञ्चालक गरिरहेका छन् । पुरस्कारको राशि नगद रु ७५००० र सम्मानपत्र रहेको छ ।