सुर्खेत, १८ असार ।
प्रहरीलाई घुस खुवाएर हिरासतमा रहेको व्यक्तिलाई छुटाइदिने आश्वासन दिएर रकम असुल गरेको अभियोगमा दुई जनालाई सुर्खेत प्रहरीले प्रक्राउ गरेको छ ।
मुद्दा मिलाइ दिने भनि रकम असुली गरेको अभियोगमा वर्दिया गेरुवा गाउँपालीका वडा नं ३ शान्तीबजार घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं १० स्थिमा डेरा गरी बस्ने ४३ बर्षिय कृष्ण बहादुर थारु र वीरेन्द्रनगर नगरपालीका वडा १३ ईन्द्रपुर की ३४ बर्षीया मुना चन्दलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता समेत रहेका डिएसपी मोहनजंग बुढथापाका अनुसार उनीहरुले अभद्र ब्यबहारको कसुरमा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका प्रतिवादीलाई हिरासत मुक्त गराइ मुद्दा मिलाईदिन्छु, प्रहरी प्रशासन मिलाउनुपर्छ अन्यथा तपाइको मान्छे जेल जान सक्छन भनि हिरासतमा रहेको व्यक्तिको परिवारबाट रु पचास हजार असुली गरेका हुन् ।
उनीहरुलाई वेईमानिपूर्वक आर्थिक लाभ उठाई आपराधिक लाभ ९एक्सटर्सन० को कसूरमा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।