सुर्खेत, ८ साउन (जागरण) । कर्णाली प्रदेशमा शिक्षाका क्षेत्रमा भ्रष्ट्राचार बढ्दै गएको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
आर्थिक वर्ष ७४/७५ मा आयोगको कार्यालय सुर्खेतमा शिक्षासम्बन्धी २ सय २७ उजुरी परेका छन् । जसमध्ये १ सय ७६ मुद्दा फछ्र्यौट भएका छन् भने ५१ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा धेरै उजुरी सुर्खेत जिल्लाबाट परेका छन् । यहाँबाट १ सय ६४ उजुरी परेका छन् । यस्तै, दैलेखबाट १ सय ४७, जाजरकोटबाट ९७, कालिकोटबाट ९५, हुम्लाबाट ५८ उजुरी परेको प्रमुख पन्थले बताउनुभयो ।
पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रमुख पन्थले पछिल्लो समय घुस लिँदाको स्वरुप फेरिँदा प्रमाण जुटाउन र दोषीको पहिचान गर्न समस्या हुने गरेको बताउनुभयो ।
यसैबिच, हामीले अख्तियारले गरिरहेको काम र आगामी योजनाका विषयमा कार्यालय प्रमुख रविलाल पन्थसँग कुराकानी गरेका छौँ ।
उहाँलाई जागरणर्मी चाँदनी कठायतले सबैभन्दा पहिला समग्रमा गत आर्थिक वर्ष तपाईँहरुका लागि कत्तिको उपलब्धीपुर्ण रह्यो भनेर साेध्नुभएकाे छ । सुन्नुस् यो कुराकानी (अडियो) ।