जनजागृत आधारभूत विद्यालय पदमपुरमा अफलाईन पुस्तकालय संचालन

कृष्ण शर्मा ।

भदौ १६,सुर्खेत ।  जनजागृत आधारभूत विद्यालय पपदमपुर सुर्खेतमा आज (सोमबार ) देखि इन्टरनेट विना पनि संञ्चालन हुने अफलाईन पुस्तकालय संञ्चानमा आएको छ । द फोनिक्स फाउण्डेसन स्विट्जरल्याड, साझाशिक्षा ई–पाटी नेपाल र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त प्रयासमा इन्टरनेटविना पनि संचालन हुने अफलाईन पुस्तकालय संचालन गरिएको हो ।

विद्यालयलाई इन्टरनेट विनापनि संचालन हुने ई–पुस्तकालय सर्भर, राउटर, मिनी कम्प्युटर, प्रोजेक्टर, स्पिकर, हेडफोन का साथै आवश्यक फर्निचर लगायतका सामग्री समेत उपलब्ध गराइएको छ । उपलब्ध सेवा प्रयोगका लागि शिक्षक तथा विद्यार्थी केन्द्रित ४ दिने प्रविधि प्रयोग सम्बन्धि आधारभुत तालिम समेत प्रदान गरीएको साझा शिक्षा ई–पाटी नेपालका सिनियर म्यानेजर टिकाराज कार्किले बताउनुभयो । सेवा सञ्चालनको उद्धघाटन गर्दै विरेन्द्र नगरनगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष चुडामणि चपाँइले प्रविधिमैत्रि शिक्षण सिकाईमा यो एक ऐतिहासिक प्रयास रहेको बताउनुभयो । अध्यक्ष चपाँईले आगामी दिनमा अफलाईन पुस्तकालय संचालनमा कुनै समस्या आइपरे समाधानका लागि वडा सरकार सधै तत्पररहने बताउनुभयो । विधालयका प्रधानाध्यपक ज्ञानुकुमारी सुवेदीले अबदेखि शिक्षक तथा विद्यार्थीहरुले कम्प्युटरमा ई–पुस्तकालय सर्भर प्रयोगको माध्यम बाट दैनिक पठनपाठन संञ्चालनलाई निरन्तरता दिने बताउनुभयो । सुर्खेत दैलेख र जुम्लामा गरी कर्णाली प्रदेशका ८ वटा विद्यालयमा यो कार्यक्रम संचालन हुने जनाइएको छ ।