जिल्ला प्रहरी कार्यालय सुर्खेत द्धारा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालन

कृष्ण शर्मा
६ असोज ,सुर्खेत। आगामी चाडपर्वमा घर फर्किने यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानमा ‘यात्री सहायता कक्ष स्थापना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगरस्थित सिटी बसपार्कसहित पाँचवटा स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। ती स्थानहरूमा छिन्चु, बोटेचौर, बड्डीचौर र बालुवाचौर (पश्चिम) क्षेत्रमा पनि सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वका बेला यात्रुहरूको चाप बढ्ने भएकाले थप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। समस्या परेका यात्रुहरूले नजिकैको सहायता कक्ष वा ट्राफिक प्रहरीलाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

सम्पर्कका लागि ट्राफिक टोल(फ्री नम्बर १०३ वा ९८४८०७०७३८ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।