सुर्खेत कारागारमा स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत ७ असोज ।

जिल्ला कारागार सुर्खेतमा रहेकामा रहेका कैदी बन्दीहरुको निशुल्क स्वास्थ्य जाँच शिविर गरिएको छ ।

 कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेत र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त आयोजना साथै कर्णाली प्रदेश प्रहरी कार्यालयको सहकार्यमा कारागार कार्यालय सुर्खेतमा रहेका कैदी बन्दीहरूको मंगलबार स्वास्थ्य जाँच गरिएको हो । शिविरका क्रममा २ सय १३ जनाको नि:शुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श कार्यक्रम गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरिक्षक डाक्टर श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक डाक्टर विवेक पन्थी साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिनुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठ कारागार कार्यालय सुर्खेतका कारागार प्रशासक लक्ष्मी खरेलज्यू लगायतको उपस्थिति रहेको थियो ।