सुर्खेत, ३ चैत (जागरण) । पर्यटन प्रर्वद्धनका लागि सुर्खेतको बुलबुले तालमा डुङ्गा संचालन सुरु गरिएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिको पहलमा भेरी कर्णाली र्यापिड एडभेन्चर प्राइभेट लिमिटेडले डुङ्गा आज देखि संचालनमा ल्याएको हो ।
बुलबुले उद्यानमा रहेको ठुलो तालमा सुरुमा परीक्षणको रुपमा १५ दिनका लागि डुङगा संचालनमा ल्याइएको उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनु भयो ।
परीक्षणको सुरुवातमा एउटा मात्र टुङ्गा संचालन गरिएको र पर्यटकहरुको चापलाई हेरेर अरु ढुङ्गा थप गरिने उहाँले बताउनुभयो ।
उहाँले बुलबुलेको पर्यटकहरुको थप आकर्षण हने अपेक्षा गरिएको भन्दै यसलाई व्यवसायिक रुपमा संचालन गरिने बताउनु भयो ।
उहाँले पहिलेको भन्दा सुरक्षाका लागि यसपटक लाईफ ज्याकेटको व्यवस्था गरिएको र अब बुलुबुलेमा निरन्तर डुंगा संचालन हुने बताउनु भयो ।