
कात्तिक ३०, काठमाडौं । नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ ।
निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ । भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ ।
यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५८.५० रुपैयाँ र डिजेल १४४.५० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा पेट्रोलको दाम १६० रुपैयाँ र डिजेलको १४६ रुपैयाँ पुगेको छ ।

