चुनौति छन् तर दत्तचित्त भएर काम गरिरहेका छौँः उपेन्द्रबहादुर थापा

स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र  www.jagaran.com.np ले स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्रीहरु प्रसारण र प्रकाशन शुरु गरेको छ । जसअन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापासँग जागरणकर्मी चाँदनी कठायतले गर्नुभएको कुराकानी प्रस्तुत छ ।

प्रस्तोताः अहिलेसम्म पञ्चपुरी नगरपालिकाका उल्लेख गर्न लायक प्रमुख काम के–के छन् ?
पाहुनाः पहिलो काम सडकमा गरेका छौँ हामीले अहिले नगरपालिकाभित्रका सबै सडकहरुको मर्मत सम्भार गरीररहेका छौँ करिब १५÷२० वर्ष टिक्ने गरी बनाईरहेका छौँ । त्यसपछि विकट क्षेत्र छापे्र, तातापानी, बाबियाचौरको लेक साईडतिर दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र हाम्रो नगरपालिकाले निर्माण गरिसकेको छ । सुत्केरी प्रोत्साहन भत्ता नगरपालिकाले १४ सय र नेपाल सरकारबाट दुई हजार भत्ता वितरण गरिरहेका छौँ ।
प्रस्तोताः आगामी चार वर्षका लागि तपाईँको योजना के के छन् ?
पाहुनाः हामीले दश वर्षे गुरुयोजना तयार गर्न थालेका छौँ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत पुर्वाधारको लागि प्लानिङ बनाएर काम गर्ने सोचमा छौँ ।
प्रस्तोताः तपाईँको कार्यकालमा पञ्चपुरी कस्तो बनिसक्छ ?
पाहुनाः मेरो नगरपालिकाको ११ वडैमा सडक पुग्नुप¥यो, सबै विद्यालयमा बालमैत्री शौचालय निर्माण गर्नुप¥यो, फलफुल, तरकारी खेती अनि पर्यटनका लागि सम्भावना बोकेको नगर छ, पशुपालनको पनि सम्भावना छ, लेक साईडमा स्याउ, कागति नास्पतिको पनि राम्रो सम्भावना छ । अनि पर्यटक भित्र्याउनका लागि पहिलो सबै ठाउँमा सडक निर्माण गरेर अन्य काम गर्ने हो ।
प्रस्तोताः काम गर्दा चुनौति के–के छन् ?
पाहुनाः सबै ठाउँमा सडक नपुग्नु हाम्रा लागि पहिलो चुनौति हो । आवश्यकता धेरै छ । सबै विद्यालयको भवन छैन धेरै जसो ठाउँमा, बालमैत्री शौचालय छैन । खानेपानीको पनि समस्या छ । यो वर्ष धेरैजसो विद्यालहरुको भवन पनि बन्दैछन् । चुनौतिका बिच पनि हामी काम दत्तचित्त भएर काम गरिरहेका छौँ।