गुरुको सम्मान नगरे मानव जीबनको सार्थकता हुँदैनः अध्यक्ष गौली (अडियोसहित)

सुर्खेत, ११ साउन (जागरण) । आज गुरु पुर्णिमा सुर्खेतसहित देशभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइएको छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा साउन शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मान्ने शास्त्रिय मान्यता छ । गुरुलाई मातापिता जत्तिकै सम्मान समेत गर्ने गरिन्छ । यसै सन्दर्भमा हामीले सनातन र्धम सेवा समिती सुर्खेतका अध्यक्ष दुर्गाप्रसाद गौलीसँग गुरु पुर्णिमाको महत्व र सान्र्दिभिकताबारे कुराकानी गरेका छौँ । उहाँलाई सबै भन्दा पहिला जागरणकर्मी प्रभा रावतले गुरुपूर्णिमा किन मनाइन्छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।